आइएमई लाइफले १४.१२ प्रतिशतले बढायो खुद नाफा, ६ महिनामा २६ करोड ७८ लाख

बिजमाण्डू
२०८१ माघ १६ गते ११:२६ | Jan 29, 2025
आइएमई लाइफले १४.१२ प्रतिशतले बढायो खुद नाफा, ६ महिनामा २६ करोड ७८ लाख


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सले पोहोर दोस्रो त्रैमासको तुलनामा १४.१२ प्रतिशतले खुद नाफा बढाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले पोहोर ६ महिनामा‍ २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रिमियम बढाउँदा इन्स्योरेन्सको नाफामा सुधार आएको हो।

कम्पनीले २ अर्ब ३३ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ। इन्स्योरेन्सले पोहोर पुसम्मको तुलनामा १७.२२ प्रतिशतले खुद प्रिमियम बढाएको हो।

आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
खुद नाफा (रु हजारमा)२६७८६२२३४७२५१४.१२
खद प्रिमियम (रु हजारमा)२३३९३८८१९९५७६४१७.२२
कुल आम्दानी (रु हजारमा)३१४६५६४२६५४४६५१८.५४
लगानी वापतको आम्दानी (रु हजारमा)६६८८०८६३९२७१४.६२
कुल खर्च (रु हजारमा)२८७८७०१२४१९७३९१८.९७
दाबी भुक्तानी (रु हजारमा)२२५०३२०१८७०१७३२०.३३
प्रति सेयर आम्दानी रु१०.७१११.७४-८.७७
प्रति सेयर नेटवर्थ रु१५२.२३