एनएलजी इन्स्योरेन्सको सवा ३ लाख कित्ता हकप्रद सेयर लिलामीमा, आवेदन कहिलेदेखि खुल्छ?

बिजमाण्डू
२०८१ माघ १३ गते ११:३४ | Jan 26, 2025
एनएलजी इन्स्योरेन्सको सवा ३ लाख कित्ता हकप्रद सेयर लिलामीमा, आवेदन कहिलेदेखि खुल्छ?

काठमाडौं। एनएलजी इन्स्योरेन्सले हकप्रदबाट नबिकेको सेयर लिलामीमा राखेको छ। इन्स्योरेन्सले सर्वसाधारणतर्फ २ लाख ९० हजार ५५५.९१ कित्ता र संस्थापकतर्फ २९ हजार ९२७.३१ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो।

Tata
GBIME

लिलाम बढाबढमार्फत सेयर किन्न चाहनेले माघ २० देखि २७ गतेसम्म प्रस्ताव पेस गर्न सक्नेछन्। संस्थापकले न्यूनत १००० र सर्वसाधारणले न्यूनत १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

हकप्रद सेयरको मूल्य प्रति कित्ता १०० रुपैयाँ छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ।

इन्स्योरेन्सले तोकिएको चुक्ता पुँजी कायम गर्न मंसिर ११ देखि १०:६.२५ को अनुपातमा हकप्रद सेयर खुलाएको थियो।