अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने भन्दै व्क्तव्य दिँदै आएका छन्। राष्ट्रपतिमा सपथ लिएपछि पनि उनको यो शैली बद्लिएको छैन।
ट्रम्पले अमेरिकाले ग्रीनल्याण्ड नियन्त्रणमा लिन चाहिरहेको अभिव्यक्ति उनले दिइरहेका छन्। ग्रीनल्याण्ड हाल डेनमार्कको क्षेत्र हो। डेनमार्कले कुनै पनि हालतमा ग्रीनल्याण्ड अमेरिकालाई दिन नसिकने बताइसकेको छ।
शनिबार एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले ग्रीनल्याण्डका ५६ हजार बासिन्दा अमेरिकासँग हुन चाहेको दाबी समेत गरे। उनले भने, ‘मलाई लाग्छ हामी त्यो पाएर रहन्छौं।’
गत साता ट्रम्प र डेनमार्कका प्रधानमन्त्री मेटी फ्रेडिक्सनबीच टेलिफोन वार्ता भएको थियो। त्यसक्रममा मेटीले ट्रम्पलाई ग्रीनल्याण्ड बिक्रीमा नरहेको बताएका थिए।
सन् २०१९ मा पनि ट्रम्पले ग्रीनल्याण्ड खरिद गर्न चाहेको बताएका थिए। ट्रम्पले ग्रीनल्याण्ढ अन्तर्राष्ट्रिय सुरक्षाका लागि अमेरिकाका लागि अत्यन्त आवश्यक रहेको बताइरहेका छन्।
‘त्यहाँका जनता हामीसँग हुन चाहन्छन्,’ ट्रम्पले भने।











