काठमाडौं। महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि सहयोगस्वरुप एक लाख ५० हजार रुपैयाँ दिएको छ।
बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई डेढ लाख रुपैयाँ सहयोग गरेको हो।
आफूले दिएको रकम केन्द्रले कर्णालीका सामुदायिक विद्यालयबाट एसईई पास गरी काठमाडौं उपत्यकामा प्लस टु अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।











