काठमाडौं। नेकपा एमालेका कार्यकर्ता हर्कराज राई प्रतिनिधि सभाको सचिव नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार राईलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका हुन्।
राई झापा निवासी हुन्। उनी यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको सचिवालयमा थिए।
सभामुख घिमिरेले यसअघि सरकारी सेवामा सचिवबाट अवकाश पाएका सुरेश अधिकारीलाई सचिव नियुक्त गर्न लगाएका थिए। तर अधिकारीले नियुक्ति पाएको केही महिनामै गत मंसिर ९ गते राजीनामा दिएका थिए।










