BIZMANDU
www.bizmandu.com

एमाले कार्यकर्ता हर्कराज राई बने प्रतिनिधि सभाको सचिव, राष्ट्रपतिले दिए नियुक्ति

२०८१ पुष १६

एमाले कार्यकर्ता हर्कराज राई बने प्रतिनिधि सभाको सचिव, राष्ट्रपतिले दिए नियुक्ति
एमाले कार्यकर्ता हर्कराज राई बने प्रतिनिधि सभाको सचिव, राष्ट्रपतिले दिए नियुक्ति

काठमाडौं। नेकपा एमालेका कार्यकर्ता हर्कराज राई प्रतिनिधि सभाको सचिव नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार राईलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका हुन्।

राई झापा निवासी हुन्। उनी यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको सचिवालयमा थिए।

सभामुख घिमिरेले यसअघि सरकारी सेवामा सचिवबाट अवकाश पाएका सुरेश अधिकारीलाई सचिव नियुक्त गर्न लगाएका थिए। तर अधिकारीले नियुक्ति पाएको केही महिनामै गत मंसिर ९ गते राजीनामा दिएका थिए।