नेपाल टेलिकमद्वारा भारततर्फ जाने कलको नयाँ शुल्क निर्धारण, करबाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ

बिजमाण्डू
२०८१ पुष १६ गते १५:५१ | Dec 31, 2024
नेपाल टेलिकमद्वारा भारततर्फ जाने कलको नयाँ शुल्क निर्धारण, करबाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ


काठमाडौं। नेपाल टेलिकमले भारततर्फ जाने बहिर्गमन कलको नयाँ शुल्क निर्धारण गरेको छ।

Tata
GBIME
NLIC

एसेस कोड १४२४ प्रयोग गरेर भारतमा सस्तो दरमा फोनकल सुविधा दिइरहेको टेलिकमले महसुल दरसँगै पल्स दर पनि परिमार्जन गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणबाट दर स्वीकृत भएपछि टेलिकमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी एसेस कोड १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३.७६ रुपैयाँ कायम गरेको छ।

यसका साथै एसेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरेको टेलिकमले जनाएको छ।