काठमाडौं। नेपाल टेलिकमले भारततर्फ जाने बहिर्गमन कलको नयाँ शुल्क निर्धारण गरेको छ।
एसेस कोड १४२४ प्रयोग गरेर भारतमा सस्तो दरमा फोनकल सुविधा दिइरहेको टेलिकमले महसुल दरसँगै पल्स दर पनि परिमार्जन गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणबाट दर स्वीकृत भएपछि टेलिकमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी एसेस कोड १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३.७६ रुपैयाँ कायम गरेको छ।
यसका साथै एसेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरेको टेलिकमले जनाएको छ।