नेपाल टेलिकमको बीटीएस टावरमा अज्ञात समूहले पुर्‍यायो क्षति, हुम्लामा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध

बिजमाण्डू
२०८१ पुष ८ गते १६:५७ | Dec 23, 2024
नेपाल टेलिकमको बीटीएस टावरमा अज्ञात समूहले पुर्‍यायो क्षति, हुम्लामा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध


काठमाडौं। नेपाल टेलिकमको हुम्लामा रहेको बीटीएस टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा पाँच दिनदेखि सेवा अवरुद्ध भएको छ।

Tata
GBIME
NLIC

हुम्लाको सर्केगाड गाउँपालिका ५ मा रहेको बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केबलमा क्षति पुगेको छ। विकट भौगोलिक अवस्थाका कारण टावर मर्मतको काममा समय लाग्ने टेलिकमले जनाएको छ।

‘सार्वजनिक महत्वका सम्पत्तिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन नेपाल टेलिकम सबैमा  अनुरोध गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।