इरानी पेट्रोलियममा अमेरिकी प्रतिवन्धको असर नेपालसम्म! भारत पनि चिन्तामा, फेरि लाइन लाग्ला?

बिजमाण्डू
२०७५ साउन २२ गते १०:४६ | Aug 7, 2018
इरानी पेट्रोलियममा अमेरिकी प्रतिवन्धको असर नेपालसम्म! भारत पनि चिन्तामा, फेरि लाइन लाग्ला?
नेपालले भारतबाट बार्षिक एक खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढिको गर्छ। भारतले अलिकति पनि कटौती गरेमा नेपालका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्ने निष्चित छ। नेपाल आयल निगमसँग बढिमा ३ महिनासम्मको पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने मात्र क्षमता छ। क्षमता भए पनि नेपालले स्टक त्यो मात्रामा गरिरहेको छैन। 
काठमाडौं। इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको पहिलो चरण सुरु भएको छ। इरानलाई लगाइएको प्रतिबन्धको असर भारत हुँदै नेपाललाई पनि पर्दैछ। इराक र साउदी अरबपछि भारतले इरानबाट सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात गर्छ। नेपालले भारतबाट पेट्रलियम पदार्थ आयात गर्छ।
 
इरानमाथिको प्रतिबन्ध कडा हुँदै जाने समाचार आएपछि भारत सरकारले गत जुलाइमा इरानबाट सकेसम्म ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गरेको थियो। 
 
भारतका लागि कच्चा तेल उपलब्ध गराउने चार प्रमुख देश छन्- इरान, इराक, साउदी अरेबिया र भेनेजुएला। अहिले इरानमाथिको प्रतिबन्धपछि पर्ने असरलाई न्यूनीकरण गर्न केही हदसम्म तयारी गरिसकिएको छ। भारतले भारु-रियालमा कारोबार गर्न सम्झौता गरिसकेका छन्। जसका कारण भारतले भारु भुक्तानी गर्न सक्छ।
 
यसवाहेक खाद्यान्न दिएर तेल ल्याउने पनि समझदारी भएको छ। तर अमेरिकी प्रतिबन्ध पूर्ण रुपमा लागू हुँदा भारतले गरेको समझदारीले काम गर्दैन। अमेरिकी प्रतिवन्ध दुई चरणमा लागू हुन्छ। पहिलो चरणको प्रतिबन्धले अमेरिकी डलरबाट रियाल खरीद गर्न पनि मिल्दैन र रियालबाट डलर खरीद गर्न पनि मिल्दैन।

Tata
GBIME
Nepal Life
इरानबाट तेल ल्याउन नपाएपछि भारतको अर्को विकल्प हुन्छ भेनेजुएला। तर भेनेजुएलामाथि पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यसोहुँदा भारतलाई तेलको लागि अप्ठ्यारो पर्न सक्छ। त्यसैले तेल भित्र्याउन नयाँ विकल्प खोज्नु पर्ने हुन्छ। तैपनि नोभेम्बरसम्म भारतले चिन्ता गर्नु पर्दैन। भारतले चिन्ता नलिएपछि नेपाललाई पनि असर पर्दैन।
दोस्रो चरणमा कच्चा तेल ओसार्न अमेरिकी ट्याङ्कर प्रयोग गर्नै पाइँदैन। दोस्रो चरणको प्रतिबन्ध नोभेम्बरबाट सुरु हुन्छ।
 
अहिले अधिकांस निजी कम्पनीहरुले इरानबाट तेल मगाउन छाडिसकेका छन्। पहिलेदेखि नै सम्झौता गरेका सरकारी कम्पनीहरुले पनि चाँडोचाँडो तेल ओसारी रहेका छन्। त्यही कारण जुलाइमा इरानबाट भारतमा अत्याधिक मात्रामा तेल भित्र्याइयो।
 
नोभेम्बरबाट त्यो पनि सम्भव छैन। तेल ओसार्न अमेरिकी ट्याङ्कर प्रयोग गर्न पाइँदैन। बीमा सम्झौताले पनि काम गर्दैन। तेल ओसार्नका लागि गरिएको बीमाजति जम्मै अमेरिकी कम्पनीहरुले गरिरहेका छन्। नोभेम्बरदेखि भारतमा इरानी तेल आउन लगभग बन्द नै हुन्छ।
 
इरानबाट तेल ल्याउन नपाएपछि भारतको अर्को विकल्प हुन्छ भेनेजुएला। तर भेनेजुएलामाथि पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यसोहुँदा भारतलाई तेलको लागि अप्ठ्यारो पर्न सक्छ। त्यसैले तेल भित्र्याउन नयाँ विकल्प खोज्नु पर्ने हुन्छ। तैपनि नोभेम्बरसम्म भारतले चिन्ता गर्नु पर्दैन। भारतले चिन्ता नलिएपछि नेपाललाई पनि असर पर्दैन।
 
अप्ठेरोबाट जोगिन अर्को बाटो छ। तर त्यसको सम्भावना न्यून त। यदि अमेरिकाले भारतलाई इरानबाट तेल ल्याउन स्वीकृति दिएमा त्यसको भुक्तानी युरो या अरु मुद्राबाट गर्न सकिन्छ। तर अमेरिका इरानको मुद्दामा नरम हुने छाँटकाँट छैन।
 
भारत र इरानको द्वीपक्षीय सम्बन्ध छुट्टै खालको छ। तर अमेरिकासँगको सम्बन्ध पनि भारतले उत्तिकै महत्व दिएर हेर्नु पर्ने छ। त्यसैले इरानसँग भारतले तेल उठाउन नपाए नेपाललाई पठाउनले तेलमा भारतले कटौती गर्न सक्छ।