
काठमाडौं। एनएमबि माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्तको नाफा घटेको छ। सिर्जना फाइनान्सको पनि नाफा घटेको छ।
एनएमबि र लक्ष्मीको कर्जा सापट लिँदा बढी ब्याज तिर्नुपरेकोले नाफा घटेको हो भने सिर्जनाको पनि ब्याज खर्च बढेकोले नाफा खुम्चिएको हो। गत आर्थिक वर्षको असार सम्ममा एनएमबिको नाफा २४ प्रतिशतले घटेको छ। संस्थाले तीन करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ४ करोड ५३ लाख नाफा गरेको थियो।
संस्थाको खुद व्याज आम्दानी १६ करोड ७२ लाख रुपैयाँ रहेको छ। अन्य संस्थाबाट एक अर्ब ६८ करोड बरोइङ गरि दुर्इ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी १४ करोड ८ लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी २४ रुपैयाँ छ।
त्यस्तै लक्ष्मीको पनि नाफा १७ प्रतिशतले खुम्चिएको छ। अघिल्लो वर्ष १० करोड ७१ लाख रुपैयाँ नाफा गरेकोमा गत वर्षको असारसम्ममा जम्मा ८ करोड ८३ लाख रुपैयाँ रहेको छ। संस्थाले यो अवधिमा खुद व्याज आम्दानी २३ करोड ९४ लाख रुपैयाँ गरेको छ।
असारसम्ममा एक अर्ब ५० करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलार्इ दुर्इ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ रहेको छ।
सिर्जना फाइनान्सको पनि नाफा ७ प्रतिशतले खुम्चिएर १२ करोड २१ लाख रुपैयाँ रहेको छ। संस्थाले यसै अवधिमा २५ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष ५ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरि ३ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको संस्थाको पूँजी कोष अनुपात १५.१९ प्रतिशत छ। त्यस्तै खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर १.२५ प्रतिशत पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ३० रुपैयाँ रहेको छ।










