नेशनल लाइफ दुर्इ अर्ब पुर्याउने अन्तिम कसरतमा, ६०% हकप्रद, चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ



बिजमाण्डू
२०७५ साउन १ गते ११:५४ | Jul 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले निर्देशन गरेको चुक्ता पूँजी जुटाउने अन्तिम चरणमा पुगेको छ।

बीमा समितिले गत आर्थिक वर्षभरीमा जीवन बीमा कम्पनीले न्यूनतम चुक्ता पूँजी दुर्इ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो। समितिको निर्देशनसँगै कम्पनीले बोनस शेयर र हकप्रद शेयर मार्फत पूँजी जुटाउँदैछ।

आर्थिक वर्ष २०७२/७३ मा २५ प्रतिशत बोनस शेयर र आजदेखि ६० प्रतिशत हकप्रद निष्काशन भए सँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्ष भरीमा पूँजी नजुटाउनेको लागि समितिले तीन तीन महिना गरेर दुर्इ पटक समय दिएको छ। तर नेशनलको लागि यो समय आवश्यक नपर्ने देखिएको हो। 

६० प्रतिशत हकप्रद
नेशनलले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद असार २१ गतेसम्म कायम शेयरधनीको लागि १० कित्ता बराबर ६ कित्ताको दरले भदौ ४ गतेसम्म बिक्री खुला गरेको छ।

प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा कम्पनीले ९९ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपेयाँ रहेको छ।

हकप्रदपछि कम्पनीको पूँजी संरचना संस्थापक शेयर (नेपालीको) ४५ प्रतिशत, संस्थापकतर्फ नै विदेशी लगानीकर्ताको १० प्रतिशत, सर्वसाधारण शेयरधनीको ३५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत रहेको छ।

कम्पनीको इक्रा रेटिङ "इक्रा एनपि आइपिओ ग्रेड ३" रहेको छ। यो ग्रेडलार्इ राम्रो मानिन्छ। हकप्रद आवेदनकालागि एनआइविएल एस क्यापिटल तथा शाखा कार्यालयहरु, नेशनलको सम्पूर्ण शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट भर्न पाइनेछ।