काठमाडौं। कैलाश विकास बैंकको ५६ औं शाखा ओखलढुङ्गाको मानेभन्ज्याङ्मा स्थापना भएको छ।
बैंकको उक्त शाखाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख मोतिराज राईले एक समारोहका बिच उद्घाटन गरेका छन्।
कैलाश विकास बैंकको यस शाखाबाट कर्जा, निक्षेप, रेमिटान्स, लगायत सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५६ पुगेका छन् भने एटिएम संख्या २५ पुगेको छ।
बैंकले निकट भविष्यमा नवलपरासीको कावासोती र वर्दघाट, काठमाडौंको ठमेल, तनहुँको डुम्रे र आंबुखैरेनी लगायत अन्य विभिन्न ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको छ।










