लोन्ली प्लानेटको सन् २०१८ मा घुम्नैपर्ने एसियाका १० स्थानको सूची, लुम्बिनी सातौं नम्बरमा



बिजमाण्डू
२०७५ असार २९ गते १६:११ | Jul 13, 2018


                                                                             फोटो: Getty Images

Tata
GBIME
Nepal Life

घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले हालै एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ। यस सूचीमा बुद्ध जन्मभूमि लुम्बिनी सातौं स्थानमा रहेको छ।

पहिलो नम्बरमा कोरियाको बुसान, दोस्रोमा उज्वेकिस्तान, तेस्रोमा भियातनामको हो चि मिन शहर, चौथोमा भारतको वेस्टर्न घाट, पाँचौमा जापानको नागासिकी, छैटौंमा थाइल्यान्डको चियाङमाई शहर रहेको छ।

त्यसैगरी आठौंमा श्रीलंकको अरुगम बे, नवौंमा चीनको सिचुवान र दशौंमा इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुञ्ज रहेको छ।