त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी, क्षतीको विस्तृत विवरण आउन बाँकी



बिजमाण्डू
२०७५ असार २६ गते १५:२८ | Jul 10, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नुवाकोटस्थित त्रिशुली बजारमा रहेको २४ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रको विद्युत गृहमा भीषण आगलागी भएको छ।

यो जलविद्युत आयोजनाको विद्युत गृहमा सेप्टेम्बर २०१७ मा पनि आगलागी भएको थियो। यो आयोजनाको पानी प्रयोग गरेर १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन हुने गरेको छ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। जलविद्युत केन्द्रको ब्रेकरमा आगो लागेको जनाइएको छ।

आगालगीपछि नुवाकोटका सबैजसो ठाउँमा विद्युत आपूर्ति बन्द भएको स्थानीयले बताए। काठमाडौं उपत्यकामा भने दिउँसोको समयमा विद्युतको माग थोरै हुने भएकाले विद्युत आपूर्तिमा समस्या नभएको नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिइन।