भैरहवा विमानस्थल: टर्मिनल भवन दशै अघि सकिने, छानामा ट्रस हाल्न अमेरिकी कम्पनी आइपुग्यो



बिजमाण्डू
२०७५ असार २४ गते १५:२८ | Jul 8, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। असोज महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावर र टर्मिनल भवनको ढलान सकिने भएको छ।

‘कन्ट्रोल टावर र टर्मिनल भवनको पहिलो तल्लाको ढलान सकेर दोस्रो तल्लाको काम भइरहेको छ’विमानस्थलका आयोजना प्रमुख ओम शर्माले भने,टर्मिनल भवनमा छानामा ट्रस राख्न अमेरिकी कम्पनी आइसकेको छ।‘

अहिले पार्किङ एरियाको ढलान अन्तिम चरणमा पुगेको उनले बताए। शर्माका अनुसार अझै १६ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ।वर्षातका कारण विमानस्थल निर्माणको काम केही सुस्त भएपनि कामनै नरोकिएको उनले बताए।

बर्षा सकिने वित्तिकै रनवे पिचको काम सुरु गरिनेछ' आयोजना प्रमुख शर्माले भने।रनवे पिचको प्रारम्भिक  काम  २५ दिन भित्र सकिने उनले बताए। शर्माका अनुसार विमानस्थल निर्माणमा दुर्इ सय कामदारले काम गरिरहेका छन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ शिलान्यास गरेका थिए। आयोजनाको ठेक्का सम्झौता ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
 
७ सय ८७ विघामा यो विमानस्थल निर्माण भइरहेको छ। सात वर्ष अघि नेपाल सरकार र एसियाली विकास बैंकको सम्झौतामा कुल ८ अर्ब ५५ करोडको लगानीमा चीनको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको थियो।