.jpg)
तेहरान।इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।
शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्दै भने, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)बारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको छ।
“आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ,” उनले भने,“हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।”उनले ओपेक सदस्य राष्ट्रका जनता तथा राष्ट्रियता र सार्वभौमसत्ता विपरित अभिव्यक्ति भएको बताए।
पछिल्लो पटक गत बुधबार संप्रेषित ट्वीटमा ट्रम्पले ग्यासको मूल्य बढेको र यसलाई नियन्त्रणमा राख्न ओपेकको एकाधिकारलाई जिम्मेवार मान्नुपर्ने नामदारले बताए। अमेरिकाले इरानबाहेकका ओपेक सदस्य खासगरी साउदी अरबलाई तेल उत्पादन बढाउन पटकपटक आग्रह गरेको थियो ।
अमेरिकी राष्ट्रपतिका पछिल्ला ट्वीट सन्देशमा अमेरिकाको मुख्य सहयोगी मानिने खाडी मुलुक साउदी अरबका राजाले उत्पादन बढाउन मञ्जुर देखिएको बताएका थिए।अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरिसकेको छ भने इरान विरुद्ध आर्थिक नाकावन्दीको पनि घोषणा गरेको छ।










