वीरगञ्ज कर कार्यालयले कर नतिर्ने ५० कम्पनीलाई कारवाही सुरु गर्यो, घरजग्गादेखि बैंक खाता रोक्का



बिजमाण्डू
२०७५ असार २३ गते १२:४८ | Jul 7, 2018

वीरगंज । आन्तरिक राजस्व कार्यालय वीरगंजले लामो समयदेखि राजस्व दाखिला नगर्ने चार दर्जन व्यवसायिक फर्म तथा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ। 

कर अधिकृत चन्दनकुमार कर्णका अनुसार  एक लाखदेखि करोडौं रुपियाँ कर नबुझाउने ५० वटा व्यापारिक फर्मलाई कारवाही सुरु गरिएको हो।

पहिलो चरणमा हामीले कर बुझाउन आउन १५ दिने सूचना जारी गरेका थियौं, त्यसको म्याद जेठ १२ गते सकिसकेकोले आयकर ऐन २०५८ तथा मुल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम ती व्यापारिक फर्मलाई अब कारवाहीको प्रकृया सुरु हुन्छ, कर्णले भने।

उनले ती कम्पनीको घर–जग्गा बैंक खाता रोक्का राख्ने जानकारी दिए। त्यसवाहेक ती कम्पनीको आयातनिर्यात पनि रोक्का राखिने उनले बताए। कर दाखिलाको लागि टेलिफोन, इमेल एसएमएस, स्थलगत गएर जानकारी दिइएके तथा पत्रिकामार्फत सूचना समेत प्रकाशित गरिएको कर अधिकृत कर्णले बताए।

वीरगञ्जमा ५० वटा कम्पनीले करिब १२ करोड भन्दा बढि बराबरको कर दाखिला  गरेका छैनन्। कर दाखिला नगेर्न फर्ममा बढि कन्सट्रक्सन कम्पनी तथा ट्रेडिङ कम्पनी छन्।

राजेश रौनियारको नारायणी ट्रेड लिंक, रामचन्द्र मिश्र ब्राहमणको शिखा इन्टरप्राइजेज एण्ड कन्सर्न, मुन्ना प्रसाद बानियाको भी. मल्टी कन्सर्न, रामेश्वरप्रसाद अर्यालको कम्प्युट्रोनिक कलर ल्यब, दिपेन्द्रसाह कानु/अवधेश प्रसाद तेलीको शिवम ट्रेडर्स, ज्योति केडियाको महादुर्गा स्क्रीन प्रडक्टस, सन्जय गिरीको आकाश इन्टरप्राइजेज, राजेशप्रसाद रौनियारको मनिष कन्सट्रक्सन छन्। 

त्यसैगरी रामनारायण साह तेलीको प्रदीप सप्लाई सेन्टर, शारदा कन्सट्रक्सन, ध्रुव कार्कीको डिएस मोना जेभीलगायतका ५० कम्पनीमाथि कारवाही भइरहेको कार्यालयले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life