गुल्मीको रुद्रबेणीमा कैलाश विकास बैंकको शाखा विस्तार, छिट्टै नयाँ स्थानमा शाखा विस्तार गर्ने



बिजमाण्डू
२०७५ असार २१ गते १८:०१ | Jul 5, 2018
काठमाडौं। कैलाश विकास बैंकले गुल्मीको कालीगण्डकी गाउँपालिकाको रुद्रवेणीमा ५३ औँ शाखा स्थापना गरेको छ। बैंकका सञ्चालक चिन्तामणि पाण्डेले नयाँ शाखाको उद्घाटन गरे। 
 
बैंकले निकट भविष्यमा ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग, रुपन्देहीको भलवारी, धनुषाको जनकपुर, नवलपरासीको कावासोती र बर्दघाट तथा अन्य विभिन्न ठाउँहरुमा थप शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
 
बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। बैंकले हालसम्म २०अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। 
 
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै बैंकिङ सेवाका साथै मोवाइल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवालगायतका सेवाहरु प्रदानगर्दै आएको जनाएको छ।

Tata
GBIME
Nepal Life