शेयर बजारमा जलविद्युतको हिस्सा बढ्दै, पाइपलाइनमा रहेका आइपिओमा ९५% जलविद्युतको मात्रै



बिजमाण्डू
२०७५ असार १८ गते १२:४९ | Jul 2, 2018
शेयर बजारमा जलविद्युतको हिस्सा बढ्दै, पाइपलाइनमा रहेका आइपिओमा ९५% जलविद्युतको मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राथमिक शेयर निष्काशनमा कम्पनीको हिस्सा बढ्दै गएको छ। चालु आर्थिक वर्षमा ६९ प्रतिशत प्राथमिक शेयर जलविद्युत कम्पनीहरुले निष्काशन गरेका छन्।

त्यस्तै प्राथमिक शेयर निष्काशनको लागि पाइपलाइनमा रहेका मध्ये जलविद्युतको मात्रै ९५ प्रतिशत छ। चालु आर्थिक वर्षमा २५ वटा कम्पनीले ११ अर्ब ४२ करोड रुपैयाँको सार्वजनिक शेयर निष्काशन गर्ने अनुमति पाएका छन्।

तीमध्ये जलविद्युतको मात्रै ७ अर्ब ९६ करोड रुपैयाँको रहेको छ। त्यस्तै प्राथमिक शेयर निष्काशनको लागि १३ वटा कम्पनी पाइपलाइनमा रहेको मध्ये ९ वटा जलविद्युत कम्पनी, एउटा जलविद्युत कम्पनीमा लगानी गर्ने कम्पनी र तीन वटा बैंक तथा वित्तीय संस्था  रहेका छन्। 

उर्जा संकटको निवारण गर्ने क्रममा सरकारले लाइसेन्स लिएकालार्इ प्रोजेक्ट निर्माण नगरेमा लाइसेन्स खारेज गर्ने क्रम अगाडी बढाए सँगै शेयर निष्काशनको क्रम बढेको हो।जलविद्युत कम्पनीको शेयर निष्काशन बढ्न थाले सँगै नेपाल स्टक एक्सचेन्जमा बैंक तथा वित्तीय संस्थाको हिस्सा घट्दै जाने देखिएको छ।

प्राथमिक शेयर निष्काशनको लागी पाइपलाइनमा रहेका कम्पनी

कम्पनी को नाफा निष्काशन रुपैयाँमा
सिइडीवी हाइड्रो फण्ड 228930000
युनिभर्सल पावर 966161000
चौतारी लघुवित्त 54000000
मैलुङ खोला जलविद्युत 73628600
शिभश्री हाइड्रोपावर 147640000
हिमालय उर्जा 99000000
सिविआइएल क्यापिटल 30000000
आखुखोला जलविद्युत 200000000
सिटिजन बैंक (एफपिओ) मूल्य*(463826)
कालिका पावर 120000000
गर्ज्याङ उपत्यका हाइड्रोपावर 20000000
लौघिङ उपत्यका हाइड्रोपावर 97800000
युनिक हाइडेल 55000000
जम्मा 2092159600

आइपिओ निष्काशनका लागि अनुमति पाएका जलविद्युत कम्पनी
यस आर्थिक वर्षमा १४ वटा जलविद्युत कम्पनीले ७ अर्ब ९६ करोड रुपैयाँको प्रथमिक शेयर निष्काशन गर्ने अनुमती पाएका छन्।

केहि कम्पनी निष्काशन प्रकृयामा रहेका छन् भने अधिकांशले निष्काशन गरेका छन्। जस मध्ये ८ वटा कम्पनीले प्रभावित क्षेत्रको लागि शेयर निष्काशन गरेका हुन्।

अनुमति पाएका विद्युत कम्पनी निष्काशन रकम कैफियत
राधी विद्युत कम्पनी 76455000 सर्वसाधारण
पञ्चकन्या माइ हाइड्रोपावर 110000000 प्रभावित
सान्जेन जलविद्युत 876000000 सर्वसाधारण
रसुवागढी हाइड्रोपावर 1642104000 सर्वसाधारण
कालिका पावर 60000000 प्रभावित
जोशी हाइड्रोपावर 37140000 प्रभावित
शुभम पावर 20000000 प्रभावित
रैराङ हाइड्रोपावर 84000000 सर्वसाधारण
अपर तामाकोशी 2647500000 प्रभावित
माउन्टेन हाइड्रो 125000000 प्रभावित
घलेम्दी हाइड्रो 55000000 प्रभावित
पञ्चकन्या माइ हाइड्रोपावर 110000000 सर्वसाधारण
युनियन हाइड्रोपावर 75000000 प्रभावित
बुटवल पावर 2044581000 सर्वसाधारण
जम्मा 7962780000