रुपन्देही। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ र रोजगार सुचना केन्द्र श्रम कार्यालय बुटवलको आयोजनामा बुटवलमा रोजगार मेला सुरु भएको छ।
रोजगारदाता र कामको खोजिमा रहेका युवाबीच सम्पर्क बिकास गरी रोजगारी प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलामा यस क्षेत्रका उद्योगी र रोजगारका लागि इच्छुक युवाहरुले फारम भरी आफनो उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति उपलब्ध हुने र सीप भएका युवाले रोजगारको अवसर पाउने आयोजकले जनाएका छन्।
प्रदेश महासंघका अध्यक्ष गुणनिधि तिवारीले सानातिना सीपमुलक तालिम मात्र नभएर उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न प्राबिधिक बिश्व बिद्यालय खोल्न ढिलाई गर्न नहुने बताए।
मेलामा रोजगारदाता र रोजगार लिने ब्यक्तिको दुई फरक डेक्स राखि तथ्याकं लिइने छ। मेलाबाट छनौटमा परेका २० जनाले दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर प्राप्त गर्ने छन्। मेला अवधिमा रुपन्देहीको उद्योग र दक्ष जनशक्तिको अवस्था चित्रण गर्ने गरि दक्ष जनशक्तिको माग र अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ।
विदेश पलायन भएका युवाहरुलाई रोक्ने उद्देश्य प्रबर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइउको छ। मेलामा १ सय ५० उद्योगी र आठ सय रोजगार खोज्ने युवाहरु आउने आयोजकको अपेक्षा छ।










