कुमारी बैंकको नबिकेको साढे ११ लाख कित्ता हकप्रद लिलामीमा, बैंकले चुक्ता पूँजी कसरी पुर्याउला?



बिजमाण्डू
२०७५ असार १५ गते ११:०७ | Jun 29, 2018
कुमारी बैंकको नबिकेको साढे ११ लाख कित्ता हकप्रद लिलामीमा, बैंकले चुक्ता पूँजी कसरी पुर्याउला?

Tata
GBIME
Nepal Life

काठमाडौं। कुमारी बैंकले नबिकेको ११ लाख ४१ हजार कित्ता हकप्रद शेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको छ।बैंकले असार २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले वैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत अर्थात एक करोड १९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। जसमा संस्थापक तर्फ ५ लाख एक हजार र सर्वसाधारण तर्फ ६ लाख ३९ हजार कित्ता हकप्रद बिक्री भएको थिएन।

यो लिलामीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ पुर्याउन अझै ८४ करोड रुपैयाँ आवश्यक पर्नेछ। बैंकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छैन। नेपाल राष्ट्र बैंकले केही समय अगाडि तोकिएको पूँजी नजुटाउने बैंकहरुको साधारणसभा तथा लाभांश वितरणमा कडाइ गरेको थियो।

गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्दै गर्दा बाँकी पूँजी जुटाउने प्रस्ताव गर्नु पर्ने छ। यसको लागि गत आर्थिक वर्षको अन्तिमसम्ममा जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बिहीबार दोस्रो बजारमा २०९ रुपैयाँमा कारोबार भएको बैंकको १८० दिनको ‌औसत मूल्य २६८ रुपैयाँ रहेको छ।
हकप्रद लिलामको लागि सर्वसाधारण तर्फकोलागि न्यूनतम एक सय कित्ता र संस्थापक तर्फको लागि १००० कित्तादेखि अधिकतम बिक्री खुला गरिए बराबरको आवदेन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमा नाघ्नु हुँदैन।

आवेदनको लागि कुमारी बैंक दरवारमार्ग, नेपालगंज, सुर्खेत, धनगढी, वीरगंज, विराटनगर, वुटवल र पोखरा त्यस्तै एलआइविएल एस क्यापिटल लाजिम्पाट र ललितपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ।