(1).jpg)
काठमाडौं। चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ)को अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै ३७ अर्ब ७१ करोड रुपैयाँ बराबरका सवारी साधन नेपाल भित्रिएका छन्। सरकारले यसबापत ३७ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
यो अवधिमा सबैभन्दा धेरै मोटरसाइकल भित्रिएका छन्। ११ महिनामा १ लाख १७ हजार ६६ वटा मोटरसाइकल नेपाल भित्रिएका छन्। नेपालमा यो अवधिमा १ अर्ब रुपैयाँको मोटरसाइकल भित्रिएका छन्। त्यसबापत १ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।
भन्सार कार्यालयका अनुसार गत वर्षको ११ महिनाको अवधिको तुलामा २ अर्ब ८१ करोड रुपैयाँ धेरैका सवारी साधन नेपाल भित्रिएका छन्। सरकारले प्राप्त गर्ने राजस्व पनि एक वर्षमा ३ अर्ब ८२ करोड रुपैयाँले बढेको भन्सारको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा जम्मा १ लाख ३८ हजार सवारी साधन भित्रिएकोमा यो वर्ष बढेर लाख ४७ हजार नाघेको छ। अन्य सवारी साधनको आयात बढे पनि १८ सय सीसी क्षमताभन्दा ठुला टेक्टरको आयात भने घटेको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले पनि गत वर्षको तुलनामा चालु वर्षमा सवारी साधनको आयातमा केही वृद्धि भएको जानकारी दिए। चालु आर्थिक वर्षको बजेटमार्फत सवारी साधनको करमा कुनै परिवर्तन नगरिएकाले पनि आयात बढाउन सहयोग गरेको उनले बताए।










