एनएसीको अर्को ठूलो जहाज काठमाडौं आइपुग्यो, १२ अर्बमा खरीद गरिएको जहाज यस्तो छ



वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार १४ गते १०:१५ | Jun 28, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी ए ३३०-२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ।

विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो।गत वैशाखमा निगमले दुर्इ वटा जहाज फ्रान्सको एएआर किन्न सम्झौंता गरेको थियो। जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ।अर्को जहाज डेढ महिनापछि काठमाडौं आउनेछ।

यो जहाजमा २ सय ७४ सीट छन्।जसमा १८ सीट स्रांग्रिला क्लास(विजनेश) र २ सय ५६ सीट साधारण क्लासका छन्।तुलुजबाट क्याप्टेन टिआर्इ भिन्सेन्को टर्म्यानेट र फ्लाइट अफिसर जाओ सिजर भियरा डा सिल्भाको कमाण्डमा विमान काठमाडौं ल्याइएको हो।

निगमका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडानमा लगाइनेछ।यो जहाजबाट पहिलो चरणमा दुबर्इ /दोहा उडान गर्ने निगमले जनाएको छ।यो जहाज नेपाल ल्याउनु अघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो।

जापान र कोरिया उडान
निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ।जापान र दक्षिण कोरियामा धेरै नेपालीले काम गर्दै आएका छन्।

जापानमा झण्डै ८० हजार नेपाली छन् भने दक्षिण कोरियामा पनि रोजगार अनुमति प्रणाली अनुसार जाने नेपालीको संख्या उल्लेख्य छ।‘दुर्इदेखि चार महिना उडान गरेपछि हामीले कोरिया र जापान उडान गर्नेछौं’केही दिन अघि निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बिजमाण्डूसँग भनेका थिए,जापानमा हवार्इ सेवा सम्झौंता भएकाले समेत थप उडानका लागि बाटो खुलेको छ।‘

अघिल्लो साता नेपाल र जापानबीच हवार्इ सेवा सम्झौंता भएको थियो।यो सम्झौंता अनुसार नेपाली जहाजले जापानका विभिन्न शहरमा सीधा उडान गर्न सहमति भएको थियो।सो सहमति अनुसार हानेदा विमानस्थल वाहेक सबै ठाउँमा नेपाली जहाजले उडान गर्न पाउनेछ।

सम्झौंता अनुसार नेपाली जहाजले सातामा १४ उडान गर्न पाउनेछ।यूरोपेली युनियनले नेपालको हवाइ आकाशलार्इ कालोसूचीमा राखेकोले यूरोपमा उडान गर्न पाउँदैन्।