ऊर्जामन्त्रीलाई सांसदको प्रश्न, भारतसँग गर्ने भनिएको पावर बैंक सम्झौता खै? छलफलमा छौँ: पुन



बिजमाण्डू
२०७५ असार १३ गते १७:३२ | Jun 27, 2018
ऊर्जामन्त्रीलाई सांसदको प्रश्न, भारतसँग गर्ने भनिएको पावर बैंक सम्झौता खै? छलफलमा छौँ: पुन

Tata
GBIME
Nepal Life

काठमाडौं। विद्युत् जम्मा गर्ने ‘पावर बैंक’ बारे संसदले उर्जामन्त्रीसँग जवाफ माग गरेका छन्। 
 

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजित बजेटका क्रममा सांसद विमल श्रीवास्तबले उर्जा मन्त्री वर्षमान पुनसँग पावर बैंकको जानकारी दिन माग गरेका छन्।
 
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत जम्मा गर्न मिल्ने पावर बैंकको चर्चा भएको तर अहिलेसम्म सदनलाई कुनै जानकारी नभएको भन्दै श्रीवास्तवले जानकारीको माग गरे।
 
उक्त विषय बारे उर्जा मन्त्री वर्षमान पुनले पावर बैंकको बारेमा छलफल जारी रहेको बताए।
 
‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणको क्रममा यसको कुरा उठेको हो। भारतले कन्सेप्ट पेपर मागेको थियो। हामीले दिएर एक पटक छलफल समेतभएको छ,’ मन्त्री पुनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि वर्षा याममा हामीलाई विद्युत बढी हुन्छ। त्यसलाई भारतलाई दिने र हामीलाई कम भएको बेला लिने काम पावर बैंकबाट हुन्छ। सुरुका दिनमा यसले काम गर्छ। पछि हामीसँग बढी भएको विद्युत् भारतलाई दिन्छौं।’
 
त्यसैगरी उर्जा मन्त्री पुनले सरकारको बजेट अन्तर्राष्ट्रिय स्ट्याण्डरको भएको दाबी गरेका छन्। जसअनुसार लैंगिक मैत्री बजेटको विषयमा छुटाछुटै कुरा नभएको दाबी गरे।