नौं देशका गभर्नर र अर्थ सचिवहरु नेपालमा, तीन दिनसम्म चल्ने सम्मेलनमा के के हुन्छ?



बिजमाण्डू
२०७५ असार १३ गते १०:५२ | Jun 27, 2018
काठमाडौं। नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु भएको छ। तीनदिने सम्मेलनकै क्रममा सार्क फाइनान्स ग्रुपको मिटिङ पनि हुने छ। 
 
बुधबार १४औं सार्क फाइनान्स गभर्नर्स सिम्पोजियमसमेत आयोजना हुने छ। कार्यक्रममा सार्क फाइनान्सका सदस्य केन्द्रीय बैंकहरुबाट सिम्पोजियम थिम र कन्ट्री पेपर प्रस्तुत गरिने छ।
 
कार्यक्रममा सहभागिताका लागि एसियन क्लियरिङ युनियन र सार्क फाइनान्स सदस्य केन्द्रीय बैंकका गभर्नरहरु तथा उच्च पदस्थ प्रतिनिधिहरु नेपालमा आइसकेका छन्। 
 
होटल ह्यात रिजेन्सीमा भइरहेको कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा आपसी हितका बारेमा छलफल हुने छ। 
 
छलफलमा भाग लिन बंगलादेश,  भुटान, भारत, इरान, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीङंकाका प्रतिनिधिहरु नेपाल आइसकेका छन्।

Tata
GBIME
Nepal Life