हामी भारतविरुद्ध चीन कार्ड खेल्दैनौं, अनि भित्र र बाहिरवाला कुरा पनि गर्दैनौं : प्रधानमन्त्री



बिजमाण्डू
२०७५ असार १२ गते १३:१४ | Jun 26, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। चीन भ्रमणबारे संघीय संसदमा जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिमेकीका विरुद्ध अर्को छिमेकीको प्रयोग नगर्ने बताएका छन्।

 
चीन भ्रमण सफल र सकारात्मक भएको उल्लेख गर्दै दुवै छिमेकीसँग सहकार्य गर्ने बताए।
 
आज प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भारत र चीन कार्डप्रति इंगित गर्दै भने, ‘…छिमेकीहरुसँग सम्बन्ध सुधारेका छौं। हामी एकका विरुद्ध अर्काको कार्ड खेल्ने तरिकाले चल्दैनौं। हामी दुवै छिमेकीसँग पारस्परिक सहयोग र सहकार्यको माध्यमले अगाडि बढ्ने छौं।'
 
 प्रधानमन्त्री ओलीले विकासका प्रयासमा छिमेकीको सहयोग लिन चाहेको बताउँदै छिमेकीको प्रगति र उन्नतिबाट लाभ लिन चाहेको बताए।
 
‘हामी भित्र र बाहिरवाला कुरा गर्दैनौं। दुई छिमेकीका बीचमा असमझदारी हटाउनेमा प्रयासरत छौं। हामी यता वा उता ढल्किने गर्दैनौं,’ ओलीले भने,‘ हामी पञ्चशीलका आधारमा, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तदरायित्व हेरे अगाडि बढ्छौं।’
 
आफूले छिमेकीहरुमा तनावको अवस्था होइन शान्ति हेर्न चाहेको बताए।