.jpg)
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि प्रभावित क्षेत्रको लागि प्राथमिक शेयर 'आइपिओ' निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा निष्काशन गरेको दोलखास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ३० कित्ता र अधितम ३०० कित्तसम्मको लागि आवदेन दिन पाउने छन्।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि २ करोड ६४ लाख कित्त निष्काशनमध्ये एक करोड ५ लाख कित्ता प्रभावित क्षेत्रको लागि र एक करोड ५८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो।
पहिलो चरणमा प्रभावित क्षेत्रको लागि निष्काशन गरेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
दोस्रो चरणमा निष्काशन हुने शेयरको लागि सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन्।
प्रभावित क्षेत्रका बासिन्दाले दोलखाको आयोजना निर्माणस्थल त्यस्तै दोलखामा रहेका बैंकहरु कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। सर्वसधारणको लागि भने धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने ब्यवस्था छ।
कम्पनीले क्रेडिट रेटिङ इक्रा एनपी ग्रेड ४ पाएको छ। पाँच पाउने सबैभन्दा खराव हो।










