दरवारमार्गमा जग्गाको सरकारी मूल्यांकन प्रति आना ६० लाख, महानागरले तोक्यो जग्गाको मूल्यांकन



बिजमाण्डू
२०७५ असार १० गते १८:०९ | Jun 24, 2018
दरवारमार्गमा जग्गाको सरकारी मूल्यांकन प्रति आना ६० लाख, महानागरले तोक्यो जग्गाको मूल्यांकन

 
काठमाडौं। काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि महानगरभित्रका सडकको दाँयाबाँया रहेका जग्गाको मूल्यांकन सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले जग्गाको नयाँ मूल्यांकन पनि सार्वजनिक गरेको हो। 
 
महानगरले जग्गालाई १६१ किसिममा वर्गीकरण गरी त्यसैअनुसार मूल्यांकन पनि तय गरेको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिएकी छन्। 
 
महानगरका अनुसार मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, तीनकुन, गैह्रीगाउँ, सिनामंगल, तीलगंगा, गौशाला, मित्रपार्क हुँदै चाबहिल मालपोत कार्यालय सीमानासम्मको मूल सडक जोडिएको दाँया बाँयाका जग्गाको मूल्य प्रतिआना ३४ लाख रुपैयाँ तोकेको छ। यस्तै महाराजगञ्ज चोकदेखि बनस्थलीसम्म रिङरोडको दाँया बाँयाको लागि पनि यही मूल्य कायम गरिएको छ। 
 
बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तीनकुने मीनभवन, नयाँ बानेश्वर, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमती पुलसम्मको मूल सडकसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ३८ लाख रुपैयाँ तोकिएको छ। यस्तै नयाँ बानेश्वरदेखि कान्तिपुर डेन्टल हस्पिटल चोकसम्मको जग्गाको मूल्यांकन पनि प्रतिआना ३८ लाख नै तोकिएको छ।
 
प्यूखा न्यूरोड हुँदै ओटु जाने बाटोको मूल्यांकन ३६ लाख रुपैयाँ प्रतिआना गरिएको छ। यसैगरी महाबौद्धबाट वीर अस्पताल जाने बाटोको मूल्यांकन ३६ लाख रुपैयाँ नै कायम गरिएको उल्लेख छ। 
 

केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ६० लाख रुपैयाँ कायम गरेको छ। यस्तै महानगरको भित्री भाग मानिने हनुमानढोका, इन्द्रचोक, असन, भोटाहिटीलगायतका क्षेत्रमा पनि यही दर कायम गरिएको खड्गीले जानकारी दिइन्। 
 
यस्तै माइतीघरदेखि कृष्ण पाउरोटीसम्म तथा दरबामार्ग र जमल क्षेत्रका जग्गाको मूल्यांकन पनि प्रतिआना ६० लाख रुपैयाँ कायम गरिएको महानगरले जनाएको छ। यसअघि मूल्यांकन ५० लाख रुपैयाँ आना थियो। पुतलीसडक, बागबजार र रत्नपार्कसम्मको मूल बाटो छेउको सडकको मूल्य प्रतिआना ४८ लाख रुपैयाँ कायम भएको छ। 

Tata
GBIME
Nepal Life