बिड इन्भेष्टको लाइसेन्स धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स



बिजमाण्डू
२०७५ असार १० गते १३:०७ | Jun 24, 2018
बिड इन्भेष्टको लाइसेन्स धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स
काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिड इन्भेष्ट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। धितोपत्र व्यवसाय (मर्चेन्ट बैैंकिङ)अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न बडि इन्भेष्टलाई दिइएको अनुमतिपत्र खारेज गरिएको बोर्डले जनाएको छ। 
 
धितोपत्रसम्बन्धि ऐनको दफा ६१ बमोजिम नवीकरण नगरेकाले खारेज गरिएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। अर्थशास्त्री सुजिव शाक्यलगायत सञ्चालक रहेको कम्पनी नवीकरण नगरेपछि खारेज भएको हो। 
 
धितोपत्र एनेको व्यवस्थाअनुसार प्रत्यके आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्रमा दर्ता भएका कम्पनी नवीकरण गर्नुपर्ने व्यवस्था छ। म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिने व्यवस्था छ।
 
यो अवधिमा पनि नवीकरण नभए त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।

Tata
GBIME
Nepal Life