ब्रोकर कम्पनीलार्इ डाटा सेन्टर राख्न नेप्सेको निर्देशन, कम्तीमा अर्ब रुपैयाँको अतिरिक्त भार



बिजमाण्डू
२०७५ जेठ ३१ गते १७:१६ | Jun 14, 2018

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन प्रणाली कार्यान्वयनका लागि धितोपत्र दलाल कम्पनीलार्इ आफ्नै पूर्वाधार तयार गर्न निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

अनलाइन कारोबारका लागि दलाल कम्पनीले आफ्नै सर्भर,डाटा रिकभरका लागि आफ्नै पूर्वाधार गर्नुपर्नेछ। यो पूर्वाधार राख्न एउटा ब्रोकर कम्पनीले कम्तीमा एक करोड रुपैयाँ अतिरिक्त खर्च गर्नुपर्नेछ। नेप्सेले अनलाइन कारोबारका लागि आवश्यक जनशक्ति र डाटा लगायतका पूर्वाधार तयार गर्न निर्देशन दिएको छ।

अनलाइन कार्यान्वयन सम्वन्धी समितिका संयोजक सन्तोष मैनालीका अनुसार स्टक ब्रोकरलार्इ पूर्वाधार थप्न कम्तीमा ७५ करोडदेखि अर्ब रुपैयाँ लाग्नेछ। पूर्वाधारका लागि सबै ब्रोकर कम्पनीले परामर्शदाता कम्पनी नियुक्तीको निर्णय भएको उनले बताए।

‘हामीले संयुक्त रुपमा किन्दा सस्तो पर्छ वा छुट्टाछुट्टै किन्दा सस्तो पर्छ अध्ययन गरिरहेका छौं’उनले भने। थप पूर्वाधारका लागि सूचना प्रविधि क्षेत्रमा जनशक्ति आवश्यक पर्छ। नेप्सेले कम्प्युटर इन्जिनियर र त्यही क्षेत्रका अन्य दुर्इ जना सहायक कर्मचारी नियुक्त गर्नुपर्ने जनाएको छ।

नेप्सेले इन्जिनियरका लागि दुर्इ वर्षको अनुभव भएको र सहायकका हकमा ६ महिना काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ। प्रत्येक ब्रोकर कम्पनीले आफ्नै डेटा सेन्टर राख्नुपर्नेछ। अहिले नेप्सेकै सर्भरमार्फत कारोबार हुँदै आएको थियो।

अब हरेक ब्रोकर कम्पनी नेप्सेकै रेप्लिका भएकाले आफ्नै डाटा सेन्टर राख्नुपर्ने भएको हो। नेप्सेले आफ्नो डाटा सरकारको गभर्मेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर जिआइडीसीमा राख्दै आएको छ।

नेप्सेले हार्डवयर र्फ सर्भर सिस्टम,फायरवाल, नेटवर्क सिस्टम, केभिएम कन्सोल, र्याक, पावर सिस्टम, कुलिङ् सिस्टम, नेटवर्क कनेक्टीभिटी र क्लाइन्ट मेसिन व्यवस्था गर्न ब्रोकरलार्इ निर्देशन दिएको छ।