गण्डकी विकास बैंकको १९.३१ प्रतिशत बोनस शेयर पारित, ६ जना नयाँ सञ्चालक पनि चयन



बिजमाण्डू
२०७५ जेठ २८ गते १६:५९ | Jun 11, 2018
गण्डकी विकास बैंकको १९.३१ प्रतिशत बोनस शेयर पारित, ६ जना नयाँ सञ्चालक पनि चयन

काठमाडौं। गण्डकी विकास बैंकको १०औं बार्षिक साधारणसभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले चुक्ता पूँजीको १९.३१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो। 

 
बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। सभाले आगामी चार बर्षका लागि ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ।
 
संस्थापक शेयरधनीका तर्फबाट पद्मप्रसाद पौडेल, सुशिल गौचनर, किशोर ओझा सञ्चालक चुनिएका छन् भने साधारण शेयरधनीबाट नारायणवहादुर बानियाँ, कृष्णवहादुरा थापा क्षेत्री र वासुदेव त्रिपाठी चयन भएका छन्।