कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जनाको उम्मेदवारी, दलका ९ जना, बाँकी स्वतन्त्र



बिजमाण्डू
२०८१ मंसिर २ गते १८:५७ | Nov 17, 2024
कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जनाको उम्मेदवारी, दलका ९ जना, बाँकी स्वतन्त्र

काठमाडौं। कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाको उम्मेदवारी परेको छ।

Tata
GBIME
Nepal Life

मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत आइतबार उम्मेदवारी दर्ताको मिति तोकिएकामा राजनीतिक दलका तर्फबाट ९ जना र स्वतन्त्र ११ जनाले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा डा शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन्।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको भनिएपनि उक्त पार्टीका तर्फबाट भानु रिजाल मैदानमा होमिएका छन्।