कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक : ५ वर्षमा प्रति व्यक्ति आय २१ सय डलर



बिजमाण्डू
२०७५ जेठ २६ गते १५:०३ | Jun 9, 2018
कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक : ५ वर्षमा प्रति व्यक्ति आय २१ सय डलर

सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। दोस्रो अधिवेशनको ११ औँ बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा प्रस्तुत गरेका थिए।
 
प्रस्तुत नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ। ठूला पूर्वाधारमा त्रिदेशीय दुर्तमार्ग, रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय एयरपोर्ट, विभिन्न स्थानका अन्य एयरपोर्टहरुको स्तरोन्नतीका साथै पर्यटकीय एयरपोर्टको रुपमा हुम्ला र रुकुममा निर्माण गर्न १ वर्षभित्र डिपीआर तयार गरी सरकारी निजी साझेदारीमा निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख गरिएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै, सरकारको नीति तथा कार्यक्रममा अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने लक्ष्य राखेको छ।
 
कर्णालीलाई पर्यटकीय हव बनाउने कुरा पनि समेटिएको छ। पर्यटनको सम्भावना भएकाले यहाँका पर्यटकीय गन्तव्यलाई थप व्यवस्थित पार्ने उल्लेख गरिएको छ।
 
विकास र समृद्धिका लागि ‘उज्यालो कर्णाली कार्यक्रम’ जसमा ५ हजार मेघावाट जलविद्युत उत्पादन गरिने उल्लेख छ।

गाउँ तथा नगरमा वैकल्पिक उर्जाको व्यवस्था गरी ३ वर्षभित्र कर्णालीमा विद्युतीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।