काठमाडौं। इटालियन प्रिमियम हेलमेट्स ब्रान्ड ‘काबर्ग’ नेपाली बजारमा भित्रिएको छ। भावना बिजनेस लिंक प्रालिले काबर्ग हेलमेट नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीले गत सेप्टेम्बरमा काबर्ग हेलमेट्ससँग सम्झौता गरेको थियो। कम्पनीले फ्लिप अप, मोडुलर, फुल फेस र जेट हेलमेट्स नेपाली बजारमा ल्याएको हो।
काबर्ग हेलमेट भ्याली राइडर्सले बिक्री तथा मार्केटिङ गर्नेछ।
कम्पनीका अनुसार काबर्ग हेलमेटको मूल्य नेपाली बजारमा २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म पर्नेछ। काबर्ग इटालीको ५० वर्ष पुरानो प्रिमियम ब्रान्ड हो।











