काठमाडौं। १० मेगावाट क्षमताको माथिल्लो दरौंदी-१ जलविद्युत आयोजनामा जनता बैंकको अगुवाइमा कुमारी र सेञ्चुरी कमर्सियल बैंकले एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।
.jpg)
कालिका ग्रुप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवर्द्धन गरेको माथिल्लो दरौंदी-१ आयोजनाको लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र बैँकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन्।
आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशतले हुने एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ बैंकहरुले कर्जा लगानी गर्ने छन्।
माथिल्लो दरौँदी-१ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुने १० मेगावाटको आयोजना हो। कालिका ग्रुपबाट प्रवर्द्धित चालु अवस्थामा रहेको ६ मेगावाटको दरौंदी ए को टेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँध निर्माण गरि १० मेगावाटको आयोजना निर्माण गर्न लागिएको छ।
परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक पाँच करोड १८ लाख ३२ हजार ८८८ युनिट विद्युत उत्पादन हनेछ।










