एनएमबिको एफपिओ जेठ ३०मा, एफपिओको मूल्य ३ सय ३३ रुपैयाँ, दोस्रो कारोबार मूल्य ३९५ रुपैयाँ



बिजमाण्डू
२०७५ जेठ २२ गते १०:५२ | Jun 5, 2018

काठमाडौं। एनएमबि बैंकले एफपिओ (फर्दर पब्लिक इस्यु)जेठ ३० गते निष्काशन गर्ने भएको छ।
 
बैंकले प्रति कित्ता आधार मुल्य(फेस भ्यालु) एक सय रुपैयाँमा दुर्इ सय ३३ रुपैयाँ प्रिमियम थप गरी तीन सय ३३ रुपैयाँका दरले निष्कासन गर्ने भएको छ। बैंकले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ वरावरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासन गर्ने छ।बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रवन्धकमा नागरिक लगानी कोषलाइ नियुक्त गरिसकेको छ।दोस्रो बजारमा एनएमबिको अन्तिम कारोबार मूल्य ३ सय ९५ रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

पछिल्लो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्छ। २ अर्ब ६५ करोड प्रिमियमबाट संकलित रुपैयाँ जगेडा कोषमा जम्मा हुन्छ। अहिले भइरहेको जगेडा कोषमा प्रिमियम बापतको रकम सहित ८ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ।

एफपिओ निष्कासनसँगै बैंकको पुँजी संरचना परिवर्तन हुनेछ। सर्वसाधारणको अहिलेको ३९.९९ प्रतिशतको हिस्सा छ। बैंकले एफपिओ निष्कासन गरेसँगै सर्वसाधारणको यस्तो हिस्सा ४८.९९ प्रतिशत पुग्नेछ। साथै संस्थापक तर्फ ५१ प्रतिशत पुग्नेछ। अर्थात संस्थापकतर्फ तीन करोड ८७ लाख रुपैयाँ र सर्वसाधारणतर्फ तीन अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ।