कसरी हुन्छ ८% आर्थिक बृद्धि? राष्ट्र बैंक भन्छ: स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु चुनौती



बिजमाण्डू
२०७५ जेठ २१ गते ०९:२५ | Jun 4, 2018
कसरी हुन्छ ८% आर्थिक बृद्धि? राष्ट्र बैंक भन्छ: स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु चुनौती
काठमाडौं। आन्तरिक र वाह्यीय पूँजी परिचालन गरी ८ प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्ने सरकारले लक्ष्य लिइरहेका बेला राष्ट्र बैंकले भने लगानीमैत्री वातावारणको सृजना गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु चुनौतीपूर्ण रहेको जनाएको छ।
 
राष्ट्र बैंकले ७७ मध्ये ५७ जिल्लामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक परिदृष्य सकारात्मक रहेता पनि कृषि, उद्योग र सेवा क्षेत्रमा अझै चुनौती रहेको जनाएको छ। 


 
जमिनको अनावश्यक खण्डीकरण, कृषि प्रसार तथा प्राविधिक सेवाको अपर्याप्तता, उन्नत जातका बीउबिजन तथा गुणस्तरीय सासायनिक मलको अभाव र बजार पहुँचजस्ता समस्या रहेको छ। उद्योगतर्फ उर्जा संकटको दीर्घकालिन समाधान, ओद्योगिक पूर्वाधारको विकास अभावले लगानी आकर्षित गर्न चुनौतीपूर्ण रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
 
उद्योगहरुले कुल उत्पादन क्षमताको औषतमा ५८ प्रतिशत उपयोग गरेका छन्। अघिल्लो बर्ष उपयोग क्षमता ५४.२ प्रतिशत थियो। 
 
औद्योगिक उत्पादनमध्ये वनस्पति घ्यू तथा तेल, पेय पदार्थ, तयारी कपडा र औषधिको उत्पादनमा बृद्धि भएको छ। चिरेको काठ, फलामको छड तथा पत्ति, इटा, सिमेन्ट तथा विजुलीका तार केवलको उत्पादनमा बृद्धि भएको छ। 
 
प्रशोधित दुध, अन्न तथा पशुदाना, अन्य खाद्य पदार्थ, धागो, प्रशोधित छाला र अखवारी कागजको उत्पादनमा ह्रास आएको छ। औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ११.९ प्रतिशतले ऋण विस्तार गरेका छन्।

Tata
GBIME
Nepal Life