काठमाडौं।बिबि एयरवेजले नेपाल वायु सेवा निगमबाट १५ करोड रुपैयाँमा किनेको पूरानो बोइङ ७५३-२०० व्यवस्थापनमा समस्या भएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्इ महिनाभित्र जहाज नलगे काटेर व्यवस्थापन गर्ने चेतावनी दिएको छ।‘हामीले नेपाल वायु सेवा निगम र बिबि एयरवेजका पदाधिकारीसँग दुर्इ पटक बैठक राखेर जहाज उडाउनुस नभए निगमकै ह्याङगरमा काटेर फाल्नुहोस भनेका छौं’प्राधिकरणका विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले बिजमाण्डूसँग भने।जहाज उडाउने बारे कम्पनी अझै निश्चित भएको छैन।

बनाएर उडाउँदा लाग्ने खर्च र विक्री गर्दा आउने खर्च सम्वन्धि छलफल भइरहेधको बारे स्रोतले बताएको छ। 'उडान भर्नका लागि जहाज मर्मत गर्नैपर्यो। उडान सुरु गरिसकेपछि फाइदा छैन भने संचालनमा ल्याउनुको कुनै अर्थ छैन। अहिले हामी यही विषयमा छलफल गरिरहेका छौँ।' कम्पनीका एक कर्मचारीले भने।स्रोतका अनुसार जहाज उडान भर्न सक्ने/नसक्ने बुझ्न जहाज निर्माता कम्पनी रोल्स रोयसबाट प्राविधिक टोली समेत आउँदैछन्।यो जहाजको उडान भर्ने क्षमता अझै एक हजार घण्टा छ।
जहाज नउडेको एक वर्षभन्दा बढी भइसकेको छ। बिबिसँग एओसी (जहाज उडान अनुमतिपत्र) नभएको कारण नामसारी गर्न नमिल्ने स्थिती रहेको प्राधिकरणले बतायो।स्रोतका अनुसार अहिले दर्ता भएकै नम्बरबाट वाहिर उडान भर्न मिल्छ।गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष भवन भट्टले गत जनवरीमा १५ करोड रुपैयाँमा निगमको पुरानो बोइङ ७५३-२०० खरिद गरेका थिए।
कम्पनीले त्यसबेला निगमबाट किनेको जहाज मर्मत गरेर दिल्ली, बैंकक, मलेसिया, दोहा लगायत देशमा उडान गर्ने योजना बनाएको थियो। जहाज खरिद गरेको समयमा कम्पनीले जहाज मर्मतका लागि पचास करोड रुपैयाँ खर्च अनुमान गरेको थियो। जहाजको इन्जिन र ल्यान्डिङ गेयर मर्मत गरेपछि कम्पनीका उडानका लागि चारदेखि पाँच महिना लाग्नेछ कम्पनीले बताएको थियो।