निगमले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा चार रुपैयाँ बढायो, कुन ठाउँमा मूल्य कति ?



बिजमाण्डू
२०८१ असोज २९ गते २१:०९ | Oct 15, 2024
निगमले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा चार रुपैयाँ बढायो, कुन ठाउँमा मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। भारतबाट इन्धनको नयाँ खरिद मूल्य आएपछि नयाँ मूल्य तय गरेको हो।

Tata
GBIME
Nepal Life

निगमले पेट्रोलमा १ रुपैयाँ बढाएको छ। यस्तै, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्य सूची अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, भलवारी, धनगढी र वीरगञ्चमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ भएको छ। यस्तै, डिजेल र मट्टितेलको १४८.५० रुपैयाँ भएको छ।

यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ हुने भएको छ।

काठमाडौं, पोखरा र दिपालयमा भने पेट्रोलको मूल्य १५९ रुपैयाँ हुने भएको छ। डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ हुने भएको छ।

यो मूल्य असोज ३० गतेदेखि नै लागू हुनेछ।