चाडपर्व लक्षित एक्साइड ब्याट्रीको एक्सचेञ्ज अफर, लक्की ड्र मार्फत क्यास ब्याक पनि



बिजमाण्डू
२०८१ असोज १६ गते १६:१७ | Oct 2, 2024
चाडपर्व लक्षित एक्साइड ब्याट्रीको एक्सचेञ्ज अफर, लक्की ड्र मार्फत क्यास ब्याक पनि

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्वलाई लक्षित गर्दै एक्साइड मेघा फेस्टिभ अफर घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३०५ देखि ५०५ रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यस्तै, १२० जना ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ। लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ।

यो अफरले ग्राहकमा थप उल्लास बढ्ने कम्पनीको विश्वास छ।