मीनबहादुर गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने



बिजमाण्डू
२०८१ असोज १४ गते १४:५५ | Sep 30, 2024
मीनबहादुर गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन्। उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए।

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। अझै ३० जनाभन्दा बढी बेपत्ता छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए। उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

यस्तै, अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए। त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए । कोभिड-१९ का बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए। त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए। गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।