अर्थतन्त्रका बाह्य सूचकमा पहिलो महिनामा देखियो सुधार, शोधनान्तर ४० अर्ब ९० करोड बचतमा



बिजमाण्डू
२०८१ असोज १० गते १४:१६ | Sep 26, 2024
अर्थतन्त्रका बाह्य सूचकमा पहिलो महिनामा देखियो सुधार, शोधनान्तर ४० अर्ब ९० करोड बचतमा

काठमाडौं। चालु वर्षको पहिलो महिना सरकारको चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँ बचतमा देखिएको छ। पोहोर साउनको तुलनामा चालु खाता शतप्रतिशत भन्दा धेरै बढेको हो।

Tata
GBIME
Nepal Life

गत वर्ष साउनमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँ बचतमा थियो। शोधनान्तर स्थितिमा पनि सुधार देखिएको छ।

शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष साउनमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँ बचतमा थियो।

विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

यो रेमिटेन्स एकै महिनामा भित्रिएको अहिलेसम्मकै दोस्रो धेरै हो। यसअघि पोहोर कात्तिकमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।