पर्यटनमन्त्री पाण्डे तीन सातामा दोस्रोपटक भारत प्रस्थान, आईकाओको सम्मेलनमा भाग लिने



बिजमाण्डू
२०८१ भदौ २५ गते १६:२५ | Sep 10, 2024
पर्यटनमन्त्री पाण्डे तीन सातामा दोस्रोपटक भारत प्रस्थान, आईकाओको सम्मेलनमा भाग लिने
बद्री पाण्डे

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन भारत गएका छन्।

Tata
GBIME
Nepal Life

नयाँ दिल्लीमा बुधबारदेखि हुने आइकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत गउका हुन्। सम्मेलनमा ४१ मुलुकका २५० भन्दा प्रतिनिधि सहभागी हुनेछन्। 

सम्मेलन दुई दिनसम्म चल्नेछ। एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तालिका छ।

पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री पाण्डेको यो दोस्रो भारत भ्रमण हो। उनी भदौ ६ गते धर्म धम्म सम्मेलनमा भाग लिन भारतको गुजरात गएका थिए।