नक्सालस्थित टेस्ला शोरुमको अफिस भएको भवनमा आगलागी, करिब एक घण्टापछि नियन्त्रणमा

बिजमाण्डू
२०८१ भदौ २१ गते १३:०४ | Sep 6, 2024
नक्सालस्थित टेस्ला शोरुमको अफिस भएको भवनमा आगलागी, करिब एक घण्टापछि नियन्त्रणमा

काठमाडौं। नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ। शोरुमको अफिस भएको भवनमा आगलागी भएको हो।

Tata
GBIME

करिब १२ बजेतिर लागेको आगो हाल भने नियन्त्रणमा आइसकेको छ। के कारणले आगलागी भयो भन्ने खुलेको छैन। आगलागीको क्षति पनि यकिन भइसकेको छैन।

आगो निभाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए। दमकलको सहायतामा आगो निभाइएको थियो।