नयाँ जेनेरेसनको स्विफ्ट नाडा अटो शोमा, १ हजार लिटर निःशुल्क पेट्रोलको अफर



बिजमाण्डू
२०८१ भदौ १२ गते ०८:३९ | Aug 28, 2024
नयाँ जेनेरेसनको स्विफ्ट नाडा अटो शोमा, १ हजार लिटर निःशुल्क पेट्रोलको अफर

काठमाडौं। सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नयाँ जेनेरेसनको स्विफ्ट नाडा अटो शोमा प्रदर्शनका लागि राखेको छ। नाडामा सुजुकी मात्रै यस्तो एउटा ब्रान्ड हो जसको ईभी गाडी छैन।

Tata
GBIME
Nepal Life

कम्पनीले ल्याएको उक्त स्विफ्ट गाडीको खरिदमा नाडाभरका लागि १ हजार लिटर पेट्रोल निःशुल्क प्रदान गर्ने अफर ल्याएको छ। साथै, पेट्रोल सुविधा नलिने ग्राहकका लागि तेलबापतको १ लाख ६० हजार रुपैयाँ नगद दिने अफर कम्पनीको छ।

यस्तै, कम्पनीले अहिले नाडामा एक वर्षको बीमा, एक्सचेन्ज बोनसमा २ लाख रुपैयाँ, ५ वर्षसम्म निःशुल्क पार्ट्स् तथा एसोसरिज दिइरहेको छ।

अहिले विभिन्‍न ५ भेरियन्टमा स्विफ्ट नेपाल आएका छन्। यो गाडीको मूल्य भेरियन्ट अनुसार ३८ लाख ९९ हजारदेखि ४६ लाख ७९ हजार रुपैयाँसम्म तोकिएको छ।