मुग्लिन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाएर सडक खलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए। सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ छ।











