BIZMANDU
www.bizmandu.com

नाग्दीखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु खण्ड अवरुद्ध, सडक खुलाउन केही समय लाग्ने

२०८१ साउन २३

नाग्दीखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु खण्ड अवरुद्ध, सडक खुलाउन केही समय लाग्ने
नाग्दीखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु खण्ड अवरुद्ध, सडक खुलाउन केही समय लाग्ने

मुग्लिन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ।

Tata
GBIME
Nepal Life

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर सडक खलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए। सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ छ।