मास्कमा कालो टेप लगाएर सडकमा ओर्लिए सहकारी पीडित, मानव साङ्लो बनाएर प्रदर्शन

बिजमाण्डू
२०८१ साउन १७ गते १४:३१ | Aug 1, 2024
मास्कमा कालो टेप लगाएर सडकमा ओर्लिए सहकारी पीडित, मानव साङ्लो बनाएर प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। ठगी गर्ने सहकारी सञ्चालकविरुद्ध सरकारले उचित कारबाही गर्न नसकेको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

Tata
GBIME

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज आयोजना गरेको प्रदर्शनीमा देशभरबाट आएका पीडितहरु सहभागी भएका थिए। उनीहरुले रत्नपार्क र टुँडिखेल घेर्ने गरि मानव साङ्लो बनाएर विरोध जनाएका थिए।

विभिन्न सहकारी सञ्चालकलाई कारबाही र आफूहरुको बचत फिर्ता माग्दै पीडितहरु केही समयदेखि रत्नपार्कमा धर्ना दिइरहेका थिए।

आज भने पीडितहरुले सडकमै पल्टिएर पनि विरोध जनाएका थिए। जसकारण सवारी आवागमन केही समय अवरुद्ध भएको थियो।

सरकारसँग पटकपटक सहमति भएपनि माग पूरा नभएको भन्दै उनीहरुले गुनासो गरेका छन्।