त्रिभुवन विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाजमा आगलागी, अधिकांश सौर्यकै कर्मचारी

बिजमाण्डू
२०८१ साउन ९ गते ११:२० | Jul 24, 2024
त्रिभुवन विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाजमा आगलागी, अधिकांश सौर्यकै कर्मचारी

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमानमा आगलागी भएको छ।

Tata
GBIME

जहाजभित्र १९ जना यात्रु छन्। जहाज रनवेभन्दा बाहिर पुगेको छ। उड्ने बेलामा सन्तुलन बिग्रिँदा जहाज दुर्घटनामा परेको हो।

पोखरा उड्न लागेको बिमान बिस्फोट भएको हो। जहाजभित्र सौर्य एयरलाइन्सको इन्जिनियरिङ विभागका कर्मचारीहरु छन्। सौर्य एयरलाइन्सको यो नियमित उडान होइन।

ठूलो विस्फोटनको आवाजसँगै विमानस्थलमा धुँवाको मुस्लो छाएको छ। बिस्फोट भएको क्षेत्रमा आगोनिभाउन दमकल पुगेको छ।

बिस्तृत विवरण आउन बाँकी